काठमाण्डौ। श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । अहिले श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ता ५२ प्रतिशत पुगेका छन् । मोबाइल फोनको पहुँच एक सय ५० प्रतिशतभन्दा धेरै हुँदा इन्टरनेटको प्रयोग ५२ प्रतिशत पुगेको हो ।
कोलम्बोमा भएको एक सम्मेलनमा प्रविधि राज्य मन्त्री कनका हेरथले विश्वमा डिजिटल क्रान्ति तीव्र गतिमा अगाडि बढेको र आफ्नो देशले पनि डिजिटल मार्केटिङलाई सशक्त बनाउनुपर्नेमा जोड दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
उनले देशको डिजिटल अर्थतन्त्रलाई ४ दशमलव ३ विलियन डलरबाट सन् २०३० अर्थात् अबको ६ वर्षमा १५ विलियन अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको समेत बताएका छन् ।
नेपालीरैबार । २०८० माघ ७, आईतवार