सामुदायिक वनमा मृत बाघ फेला

काठमाण्डौँ। कैलालीमा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा पाटेबाघ मृत फेला परेको हो ।

बाघको घाँटी, खुट्टामा मोटरसाइकल तार, काँडे तार अड्केको देखिएकाले सिकारीले थापेको पासोमा परेर बाघको ज्यान गएको हुन सक्ने वडा अध्यक्ष खकेन्द्र भण्डारीले बताए।

घटनास्थलमा छानबिनका लागि वनको टोली पुगेको छ ।

तपाईको प्रतिक्रिया