
सुर्खेत । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सुर्खेतको वीरेन्द्रनगरमा एक हजार ७ सय १६ वटा किताब बेचेका छन् । उनले चार दिनको अवधिमा मात्रै एक हजार ७ सय १६ वटा किताब बिक्री गरेका हुन् । चार दिनअघि कर्णालीको राजधानी वीरेन्द्रनगरमा आएका उनले पहिलो दिनमा ४ लाख ४६ हजार २५० रुपैयाँको ५ सय ९५ पुस्तक बिक्री गरेका थिए ।
यस्तै दोस्रो दिन २ लाख ६२ हजारको ३ सय ५० वटा किताब बिक्री गरेका थिए । यस्तै तेस्रो दिनमा उनले ३ लाख १५ हजार ७ सय ५० रुपैयाँको ४ सय २१ पुस्तक बिक्री गरेका थिए । उक्त दिन राष्ट्रिय सभाको निर्वाचन थियो । निर्वाचन स्थलमै पुगेर पुनले नेताहरुलाई समेत किताब बेचेका थिए ।
चौथो दिनमा २ लाख ६२ हजार ५ सयको को ३५० किताब बेचेर उनी शुक्रबार दैलेखतर्फ लागेका थिए । पुनले शनिवार दैलेख सदरमुकाममा किताब बेचेर आईतबार दुल्लु हुदै अछाम जाने योजना रहेको बताए । वीरेन्द्रनगरमा स्थानीय समाजसेवी युवा नवराज बोहोरालगायतले पुनलाई किताब बिक्री गर्नमा सहयोग गरेका थिए ।
युवाहरुकै सहयोगमा वीरन्द्रनगरका विभिन्न चोक तथा विद्यालयहरुमा किताब बिक्री गरिएको थियो । पुनले वीरगंजको कृषि औजार कारखाना सञ्चालनका लागि उक्त किताब बिक्री गरिरहेका छन् । उनको किताब उनकै जीवनमा आधारित रहेको छ ।

नेपालीरैबार । २०८० माघ १४, आईतवार