बाजुरामा चट्याङ्ग लागेर एक जनाको मृत्यु

काठमाण्डौँ। बाजुरामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ गाँज्राका ८४ वर्षीया दलबहादुर बुढाको रहेका छन् ।

बुधबार राति घरमा सुतिरहेको बेला चट्याङ्ग परेर बुढाको मृत्यु भएको हो । साथै चट्याङ्ग लागेर दुई बाख्रा समेत मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

हिजो राति चट्याङ्ग परेर बुढा र दुई बाख्रा मरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी घटना स्थल पुगेको हो ।

तपाईको प्रतिक्रिया