खाना पकाउने क्रममा आगो सल्किएर महिलाको मृत्यु

काठमाण्डौँ। दाङमा खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मी चौधरीको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए ।

गएराति चौधरीले घरमा दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो सल्किँदा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया