सुर्खेत । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसका अवसरमा कारागारमा पुस्तक हस्तान्तरण गरिएको छ। चौतारीको स्थापना दिवसका अवसरमा सोमबार सुर्खेत कारागारमा पुस्तक वितरण गरिएको हो।
सुर्खेत कारागारमा पुस्तक हस्तान्त्रण गर्दे चौतारीका कर्णाली र जिल्ला पदाधिकारीहरु ।
प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश र सुर्खेत समितिको संयुक्त आयोजना कारागार कार्यालय बन्दी सुधार गृह सुर्खेतमा पुस्तक वितरण गरिएको चौतारी नेपाल सुर्खेतले जनाएको छ । कारागार बन्दि गृहमा रहेको पुस्तकालयका लागि विभिन्न ७५ थान पुस्तक हस्तान्तरण गरिएको जनाइएको छ ।
नेपालीरैबार । २०८० माघ २२, सोमबार