… अनि मोडियो जयप्रकाशको यात्रा

प्रहरी बन्ने सपना बोकेका जेपी अहिले निर्माण व्यवसायमा रमाउँदै

सुर्खेत । हरेक मान्छेले जीवनमा कुनै न सपना बोकेकै हुन्छन् । कुनै सपनाहरु पुरा हुन्छन् त कुनै सपनाहरु चाहँदा चाहँदा पनि पुरा हुँदैनन । तर, संघर्ष भने जारी राख्नुपर्छ । जयप्रकाश पौडेल (जेपी) पनि सानो छँदादेखिनै पुलिस बन्ने सपना देख्थे, त्यो पनि असई । तर, जिन्दगीमा सबै कुरा सोचेजस्तो कहाँ हुन्छ र । स्कुले जीवनसँगै उनको यात्रा मोडियो । प्रहरी बन्ने सपना देखेका जेपी आज करोडौँ कारोबार गर्न सकिने कम्पनीका मालिक छन् । समयसँगै उनको यात्रा व्यापार, व्यवसायतर्फ मोडियो ।वीरेन्द्रनगर नगरपालिका–७, इत्राममा जन्मिएका जेपी घरको माइलो छोरा हुन् । कक्षा १२ सम्म सुर्खेत बहुमुखी क्याम्पसमा पढे, त्यसपछि ०६२/०६३ मा अध्ययनका लागि काठमाडौं गए । त्यहाँ शंकरदेव क्याम्पसमा ब्याचलरमा भर्ना भए । ब्याचलर पढ्दापढ्दै आफ्नो कान्छो भाईको साथिसँग मिलेर ग्रोसरी स्टोर सञ्चालन गरे । करिब डेढ बर्ष त्यसमा काम गरे । तर, उनका बुबा आमाले आफ्नै क्षेत्रमा काम गर्नुपर्छ सुर्खेत आइजा भने । उनका बुबा डिल्लीराम पौडेल त्यो बेला जिल्ला विकास समितिको अलेप थिए । परिवार मध्यमस्तरको हो, जेपीको । बुबा आमाले आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेपछि उनी ब्याचलर नसकिँदै सुर्खेत आए र गन्तव्य रेस्टुरेन्ट खोले । त्यो पनि इत्राममै । जेठो दाई ब्याचलरसम्म पढेपनि खाली थिए, कान्छो भाई अमेरिका । एक बर्षजति रेस्टुरेन्ट काम गरेपनि खासै व्यापार हुने देखिएन । त्यसपछि उनी रियल स्टेटमा काम गरे । तर, बिचमा सरकारले यो व्यवसायलाई निकै अफ्ठेरो प्रक्रियामा लग्यो । त्यसपछि उनी निर्माण व्यवसायमा हात हाले । उनको जेपी कन्ट्रक्सन नामक निर्माण कम्पनी पनि छ ।

अहिले पनि उनी निर्माण व्यवसायीका रुपमा चिनिन्छन् । उनी निर्माण व्यवसाय क्षेत्रमा आफुले काम गर्दा गुणस्तरिय काम गरेको दाबी गर्छन् । निर्माण व्यवसायीको रुपमा काम गर्दै गुणस्तर परीक्षणका लागि निकै समस्या हुने । सुर्खेतमा निजी क्षेत्रतिर परीक्षणका लागि माध्यम थिएन । सरकारीमा निकै क्यूमा कुर्नपर्ने, सबै सामाग्रीको परीक्षण एकै ठाउँमा नहुने । कहिले नेपालगंज त कहिले बुटवल पठाउनुपर्ने समस्या थियो । उनले सोच अब यो समस्याबाट मुक्त हुनका लागि निर्माण सामाग्री कम्पनी खोल्नुपर्छ । उक्त समस्याको अन्त्य गर्न उनले आफ्नै कम्पनी खोले । वीरेन्द्रनगर नगरपालिका–१०, नारायण पेट्रोल पम्प भन्दा अलि पुर्वीतर्फ इत्राम खोला पुल रत्न राजमार्ग जेपि कम्पेलेक्स आफ्नै घरमा गंगामाला इन्जिनियरिङ्ग एण्ड डिजाइनर्स प्राली नामक कम्पनी खोलेका छन् । २० मंसिरमा उक्त कम्पनीको औपचारिक उद्घाटन गरेका थिए, जेपीले । कर्णालीका पुर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरेको उक्त कम्पनी कर्णालीकै पहिलो आधुनिक हो । जहाँ निर्माण सम्बन्धीमा सम्पुर्ण सामाग्रीहरुको गुणस्तर परीक्षण हुन्छ ।

रड (रिभर) परीक्षण (टेष्ट), विटुमिनको सम्पुर्ण परिक्षण टेष्ट (अलकत्रा), विटुमिनको सम्पुर्ण परीक्षण, आसपाल्ट मिक्स डिजाइन, गिट्टी, बालुवा, ढुंगा, इट्टा, मोर्टार, कंक्रिट, कंक्रिट मिक्स डिजाइन, सिमेन्ट, ग्याभिन, सोइल, ग्राभेल, कोरकटिङ तथा फिल्ड डेन् सिटी लगायतका सबै निर्माण सामाग्रीहरुको गुणस्तर परीक्षण हुने गरेको छ । परीक्षण गर्ने लाखौँका मेसिनहरु समेत रहेका छन् । उनका अनुसार एउटा मेसिन ४० लाख बराबरको छ । जेपीले परीक्षण कम्पनी सञ्चालनमा ल्याएसँगै धेरै निर्माण व्यवसायीहरुलाई धेरै सजिलो भएको छ भने नेपालगंज, बुटवल जानुपर्ने बाध्यताको अन्त्य भएको छ । ‘आफु पनि निर्माण व्यवसायीको क्षेत्रमै भएको र सबै सामाग्रीको परीक्षण एउटै ठाउँमा नहुने समस्याहरु थिए,’ उनी भन्छन्, ‘अघिल्लै बर्ष सञ्चालनमा ल्याउने सोच थियो तर, सकिएन यो बर्ष ल्याइयो । समर्ग कर्णाली प्रदेशमा हुने हरेक विकास निर्माणका योजनाको गुणस्तरियताका लागि गुणस्तरिय सामाग्रीको प्रयोग गर्नुपर्छ भन्ने मानसिकता बनाइनुपर्छ ।’

यो कम्पनी सबै प्राविधिक साथिहरुको सल्लाह अनुसारनै सुरु गरेको उनले बताए । उक्त कम्पनी करिब एक करोडको हाराहारीमा लगानी गरिएको छ । सरकारी ठेक्कामा गुणस्तर परीक्षण अनिवार्य नै हुने भएकाले राम्रो होला भनेर परीक्षण कम्पनी खोलिएको उनी बताउँछन् । जेपी हक्की स्वभावका व्यक्ति हुन् । केही काम गर्दा फ्याट्टै निर्णय गर्न सक्ने । उनको काममा उनका बुबाआमा र श्रीमती सपना यस्तै सम्पुर्ण परिवारले नै उनलाई निकै साथै सहयोग गरेका छन्् । सपना नेपाल प्रहरी स्कुलमा जागिरे छिन् । बुढाबुढीनै सक्षम भएर रमाइरहेका छन्, जेपीको परिवारहरु ।

उनी भन्छन्, ‘जिन्दगीमा सोचेजस्तो सबै कुरा हुँदैन, म सानोबेला प्रहरी बन्ने सपना देख्ने तर, जिन्दगीले अर्कै बाटो डोहो¥यायो । तर, हार मान्नु हुँदैन, संघर्ष जारी राख्नुपर्ने रहेछ ।’ अहिले आफ्नो कम्पनीमा उनले चारजनालाई प्रत्यक्ष रोजगारी दिएका छन् भने मासिक ५ लाख भन्दा माथिको कारोबार भइरहेको हुनाले यसैमा आशावादी रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया