हाम्रो पालिका

वीरेन्द्रनगरलाई वातावरणमैत्री शहर बनाउने लक्ष्य

अहिले फोहोरमैला व्यवस्थापन ठुला–साना शहरको मुख्य समस्या बन्दै गइरहेको छ । तर, वीरेन्द्रनगर नगरपालिकाले भने फोहोरमैला व्यवस्थापनको विषयलाई प्राथमकिताका साथ अगाडि बढाइरहेको छ । वीरेन्द्रनगर प्रदेश राजधानीको नगर हो, प्रशासनिक, शैक्षिक, पर्यटकीय क्षेत्र पनि हो । बजार, बसपार्क, बैंक तथा वित्तीय संस्था, निजी अस्पताल, मुख्य व्यापारिक क्षेत्र लगायतका विभिन्न संरचनाहरू यहीँ छन् । बढ्दो जनसंख्याको चापले गर्दा यहाँ फोहोर मैला व्यवस्थापन चुनौतीको विषय हो नै । घर तथा व्यवसाय र उद्योगबाट निस्कने फोहोर व्यवस्थापनको काम जटिल बन्दै गएका बेला त्यसको दीर्घकालीन व्यवस्थापनका लागि नगरपालिकाले केही अभ्यास गरिरहेको छ । उसोत अहिले फोहोरमैलाको खासै समस्या हाम्रोमा छैन । टिट्मेन्ट प्लान्ट बनाई काम गरिरहेका छौँ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल  । 

अहिलेसम्म हामीले ८–९ लाख राजश्व उठिसकेको छ । निजी क्षेत्रले सञ्चालन गर्छ, त्यो प्लान्ट । कुहिने फोहोरका लागि पनि बायोग्यास सञ्चालनमा आइसक्यो, अहिले फोहोरको समस्या खासै छैन । अलिकति हामीलाई समस्या भनेको कबाडमा नजाने प्लाष्टिकजन्य फोहोरको हो, रिसाईकलिङको । यसमा केही अवारनेशका लागि जनतालाई भनिरहेका हुन्छौँ । अहिले नगरपालिका र निजी क्षेत्रको समन्वयमा संकलनको कार्यहरु हुन्छ । जथाभावी फोहोर नजलाउनका लागि पनि हामीले भनिरहेका हुन्छौँ । हाम्रो अहिलेको समस्या भनेको नकुहिने प्लाष्टिकजन्य फोहोरको हो । त्यसको पनि समस्याको समाधान के हुन सक्छ ? भनेर खोजीरहेका छौँ ।

वीरेन्द्रनगरको डम्पिङ साइट नै भनेर त्यस्तो छैन । प्लाष्टिकजन्य फोहोरलाई राखेको ठाउँमा कवाडका सामानहरु भेटिन्छ कि भनेर थाह नपाउने गरी आगो लगाइदिँदा रहेछन् । त्यसलाई नियन्त्रण गर्ने, आगो लगाउनु हुन्न भन्ने छ । अब मान्छेहरु बेच्नलाई सामानहरु पाइन्छ कि भनेर त्यहाँ उधन्ने, आगो लगाइरहेको सुन्नामा आएको छ । हामी त्यसलाई नियन्त्रणमा लिन्छौँ । प्लाष्टिकजन्य फोहोरको व्यवस्थापन गरेको खण्डमा वीरेन्द्रनगर फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट हुन्छ । साथै सेफ्टि ट्याङ्किहरुको व्यवस्थापन पनि राम्रोसँग भएको छ । अन्तभन्दा हाम्रो राम्रो पक्ष भनेको कुहिने फोहोर व्यवस्थापनका लागि बायोग्यास सञ्चालनमा आइसक्यो, त्यो नेपाल सरकार वैकल्पिक ऊर्जा, वीरेन्द्रनगर नगरपालिकाक र निजी क्षेत्रको साझेदारीमा अगाडि बढाएको प्रोजेक्ट हो । त्यो वीरेन्द्रनगर नगरपालिका–११, मा छ । जति कुहिने फोहोर भएपनि सहज रुपमा व्यवस्थापन हुन्छ, त्यहाँ । सेफ्टि ट्याङ्किमा देशभरीमै राम्रो मानिएको छ ।

फोहोरमैला व्यवस्थापनका लागि वडाहरुलाई पनि जिम्मेवारी तोकिएको छ । अझ प्रभावकारी होला भनेर वडा समितिहरुलाई पुर्ण जिम्मेवारी दिइएको छ । फोहोर मैला संकलन, व्यवस्थापन र अनुगमन लगायतका कार्यको नेतृत्वमा वडाबाट पनि भइरहेको छ । फोहोरमैला व्यवस्थापनमा घरधुरी संख्या र व्यवसायीहरुलाई सरसफाई कार्ड मार्फत समेट्ने काम भइरहेको छ । समर्गमा कुहिने र नकुहिने फोहोर छुट्टा–छुट्टै डस्टविन राख्ने, जनचेतना पनि फैलाउने काम भइरहेको छ । घरघरको फोहोर संकलनको काम कुनै कुनै वडामा नगरपालिकाले पनि गर्छ, फोहोर संकलनका लागि नगर सरसफाईकर्मी पनि छन् ।

सार्वजनिक ठाउँहरु सफा राख्नका लाग भएका सरसफाईकर्मी खटाइरहेका छौँ । जसले गर्दा अहिले फोहोर यत्रतत्र देखिँदैन । हाम्रो प्राथमिकताको विषय हो, फोहोर व्यवस्थापन । त्यही अनुसार काम भइरहेको छ । यसमा जनताहरुको पनि साथ चाहिन्छ । शहर सफा भएन भने अरु विकासले त्यत्ति पुर्णता पाउँदैन भनेर नगरको प्रमुख एजेण्डाकै रुपमा लिएका छौँ । दिशाजन्य फोहोरको व्यवस्थापनमा पनि वीरेन्द्रनगरले महत्वपुर्ण काम गरिरहेको छ । यसमा त हामीले सफल्ता हात पारिसकेका छौँ । वीरेन्द्रनगरलाई वातावरणमैत्री शहर घोषण गर्ने गरी हामी लागिरहेका छौँ । वृक्षारोपणदेखि सरसफाई, जलवायु अनुकुलका योजनाको विषयमा हामीले प्रमुखताका साथ ध्यान दिएर काम गरिरहेको छौँ । हरियाली बनाउन निरन्तर वृक्षारोपणको काम भइरहेकै छ । एक घर दुई विरुवा भनेर अभियान नै चलाइएको छ । घर बनाउँदा सडक घेउमा दुईवटा विरुवा रोपेकै हुनुपर्ने भनेका छौँ । वातावरणमैत्री शहर बनाउनका लागि पहिलो प्राथमिकता हो ।

– फोहोरमैला व्यवस्थापन सम्बन्धि वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालसँगको कुराकानीमा आधारित

तपाईको प्रतिक्रिया