बालिकामाथि बलात्कार आरोपमा एक जना प्रकाउ

काठमाण्डौँ। सिराहाको लहानमा एक बालिकामाथि ललाइफकाइ बलात्कार भएको घटना उजागर भएको छ । लहान नगरपालिकाको वडा नम्बर १ स्थित साथीको कोठामा लगेर बलात्कार गरेको घटना बाहिरिएको हो ।

‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर निकेश यादवले १५ बर्सिया नाबालिगलाई बलात्कार गरेको सिराहा प्रहरी जनाएको छ । लहान नगरपालिका १ स्थित अरुण यादवले भाडामा लिएर बस्दै आएको कोठामा निकेश यादवले बालिकामाथि बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिराहा प्रहरीले जनायो ।

बलात्कृत बालिकाको अवस्था गम्भीर रहेको सिराहा प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बुधबार दिउँसो बलात्कृत बालिका अत्यधिक रक्तश्राव भएर भएर बेहोस भएकी थिइन् । उपचारपछि उनको अवस्था सामान्य बनेपछि पीडितलाई घर पठाइएको सिराहा प्रहरीले बताएको छ ।

पक्राउ परेका पीडक र पीडित बालिका दुबैजनाको मेडिकल गराएर बाँकी प्रक्रिया आगाडि बढाइएको सिराहा प्रहरीको भनाइ छ । यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको सिराहा प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार दुबैजना साथी नै रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अहिले यादवमाथि जबरजस्ती करणी मुद्दा अन्तर्गत म्याद थप गरेर कानुनी प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लहानका डिएसी भोला भट्टले जनाए ।

तपाईको प्रतिक्रिया