श्रीमान द्धारा डिउटीमा खटेकी श्रीमतीको गोली प्रहार गरी हत्या

काठमाण्डौँ। दाङको घोराहीमा श्रीमान द्धारा श्रीमतीको गोली प्रहारबाट मृत्यु भएको छ । मृत्यु हुनेमा वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी जवान धनमाया थापा रहेको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए ।

घोराहीको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि गोली प्रहार गर्ने उनकै श्रीमान यमबहादुर झाँक्री रहेको प्रहरीले जनाएको छ । गोली प्रहार गरे लगत्तै भाग्दै गरेका झाँक्रीलाई लमही नजिकै अर्जुनखोलाबाट पक्राउ गरिएको हो ।

नेपालगञ्जमा प्रहरीमा कार्यरत श्रीमान झाँक्रीले घरायसी विवादका कारण गोली प्रहार गरेको प्रहरीले जनाएको छ । उनले प्रयोग गरेको हतियार कहाँबाट र कसरी आयो भन्ने कुराको अनुसन्धान भइरहेको छ । घटना आज बिहान भएको हो ।

तपाईको प्रतिक्रिया