च्याउ खेतीबाटै लाखौं आम्दानी गर्दै – ज्ञवाली

दैलेख । देशमा रोजगारीको व्यवस्था नहुँदा लाखौं युवाहरू विदेशिन बाध्य छन् भने कतिपय स्वदेशमा रोजगारीको खोजीमा भौतारिएका पाइन्छन् । विदेशमा पैसा फल्छ भनेर लाखौं युवाहरूको खाडी मुलुक जाने होडबाजी चलिरहेका बेला नारायण नगरपालिका १ का बिजय ज्ञवाली बिगत ८ बर्ष देखि च्याउ खेती गरी मनोग्य आम्दानी गरेर उदाहरणीय बनेका छन् ।

ज्ञवालीले रातो,मिल्की,सिताके,डल्ले च्याउको खेति गर्ने गरेका छन। हाल उनले २ सय ५० सिलिनडर डल्ले च्याउ,३७ सय देखि ४२ सय हारहारी सिलिनडर कन्या च्याउ खेती गरेको बताए । अहिले उनीले नारायण नगरपालिका–१ एन एम बि चोक नजिक आफ्नै घरको दुई फलाईटमा च्याउ खेती गरिरहेका छन्। बिउ रोपेको ३ महिनामा च्याउ तयारी हुने र बर्षमा ४ पटक सम्म आम्दानि लिन सकिने उनले बताए।

ज्ञवालीले २ जनालाई मार्षिक १२ देखि १५ हजार सम्म खान बस्नको ब्यबस्था सहित रोजगारी समेत दिएका छन् । ‘च्याउ खेतीबाट बार्षिक ४२ लाख सम्म को बिक्री हुने गरेको र खर्च कटाएर वार्षिक ३० देखि ३५ प्रतिशत सम्म आम्दानी हुने गरेको छ। अहिले फुटकर प्रतिकिलो २ सय ५० र होलसेल १ सय ८० का दरले च्याउ बिक्री गर्ने गरेको जानकारी दिए ।

अहिले प्रत्येक स्थानीय तहमा जनप्रतिनिधि आएका छन् । सरकारले युवाहरूलाई स्वदेशमै रोक्ने भन्दै विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । तर ज्ञवाली लाइ कसैले पनि सहयोग नगरेपछि उनलै आफ्नै लगानीमा च्याउखेती गरेका हुन् । विभिन्न स्थानीय तहले च्याउमा आत्मनिर्भर बन्नका लागि देखावटी जस्तो गरेर काम गरिरहेको मात्र गरेको भन्दै उनले आफू जस्ता देशमै केही गरिरहेका र केहि गर्छु भन्ने उधोमि लाई लगानी गर्न आग्रह गरे ।

स्थानीय सरकारले च्याउ खेती भन्दा पनि भैंसी पालन, बाख्रा पालन, कुखुरा पालनमा लगानी गरिरहेको छ । च्याउ खेतीमा बजेट नै नभएको तर स्थानि सरकारले लगानि गर्न सकेको खण्डमा च्याउखेतिबाट आत्मनिर्भर बन्नसकिने उनको भनाइ छ ।
‘च्याउ खेतीमा बजार व्यवस्थापन गर्ने चुनौति रहेको छ ,बिक्री भएको पैसा पनि बिचौलियाले समयमा नपठाई दिर्दा आफु समस्यामा परेको र सम्बन्धित निकायले यसको व्यवस्था गरिदिए आफु लाई सहज हुने बताए ।अन्य देशमा रगत, पसिना बगाउनुभन्दा आफ्नै देशमा रगत, पसिना बगाउन सके राम्रै आम्दानी गर्ने सकिने उनको ठम्याइ छ ।

तपाईको प्रतिक्रिया