कृषिमा आत्मनिर्भर, उत्पादन बढाउने उद्देश्यले संचालन गरिएको ३ दिने तालिम सम्पन्न

दैलेख । कृषिमा आत्मनिर्भर बनाउने र उत्पादन बढाउने उद्देश्यले संचालन गरिएको तालिम सम्पन्न भएको छ । ग्रेप परियोजना अन्तरगर्त एन्साब नेपाल द्वारा ५ गते देखि ७ गते सम्म संचालन भएको ३ दिने तालिम सोमबार सम्पन्न भएको हो।

जिल्लाको नौमुले गाउँपालिका ,भगवतीमाई गाउँपालिका ,भैरवी गाउँपालिका ,दुल्लु नगरपालिका गरि ४ पालिकाका २६ जना अगुवा किसानहरु लाई प्लास्टिक घर निमार्ण देखि उक्त घर भित्र गरिने तरकारी खेतीको व्यवस्थापनमा बिशेष जोड दिइएको कृषि बिंज्ञ केशव गैरेले जानकारी दिए।

किसनहरुलाई भगवतीमाई गाउँपालिका वडा नं १ हुलाक टाकुरामा सिप्रेड नेपाल द्वारा स्थापित सामुदायिक सिकाई केन्द्रमा अवलोकन भ्रमण जलवायु मैत्री प्रविधिहरु जस्तैःगडयौली मल उत्पादन ,स्वाईल, सिमेन्ट ,पोखरी, गोठ सुधार, पिसाब संकलन, आदि जस्ता कृषक द्वारा स्थानीय स्तरमै गर्न सक्ने प्रविधिहरुको बारेमा तालिम दिएको सिप्रेड दैलेखका प्राबिधिक चक्र राई बताए।

यसै गरि रोग किरा व्यवस्थापनका लागि राखिएका सोली पासो ,खाडल पासो, मोइनी पासो, पहिलो तथा निल्लो च्यापच्यापे पासो जस्ता जलवायु मैत्री कृषि प्रविधिहरुको बारेमा एन्साब नेपाल दैलेखका जिल्ला संयोजक मनोज पन्तले सहभागी किसानहरु लाई जानकारी गराएका थिए।

साथै टनेल भित्र तरकारी खेतीका लागि व्याड बनाउने ,छापो हाल्ने ,थोपा सिचाइ जडान गर्ने थाक्रा दिने कोकोपिट र मल बाट प्लास्टिक ट्रेड मा नर्सरी राख्नुका साथै पोलिव्याग ,बारे बिरुवा सार्ने जस्ता प्रयोगात्मक अभ्यास गरेका थिए । यसरी फिल्ड आफै अभ्यास गर्न पाउँदा किसानहरुले खुसी व्यक्त गरे।

तालिमको तेस्रो तथा अन्तिम दिन किसानहरुले सामुहिक अभ्यास बाट आफैले आफ्नो स्थानीय स्तरमा लगाउदै आएको बालिहरुका लागि तीन वटा समूहले बर्ष भरीको बाली पात्रो समेत तयार गरेको छ।

सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिदै सम्पन्न तालिममा सहभागी किसानहरूले आफैले शिकेका ज्ञान तथा प्रविधिहरु बारे आफ्नो कृषिक समूहकाअरु सदस्यहरुलाई पनि सिकाउन सहयोग गर्ने तालिममा सहभागि किसानले बताएका थिए ।

तपाईको प्रतिक्रिया