काठमाण्डौँ । मेनुका पौडेलले पहिलोपटक लाइभ कन्सर्ट गर्ने भएकी छन्। तपस्या इन्टरटेनमेन्टको आयोजनामा फागुन १८ गतेदेखि चैत्र १६ गतेसम्म काठमाडौं, चितवन, पोखरा र इटहरीमा उनको संगीतिक कार्यक्रम हुन लागेको हो। काठमाडौंबाट लाइभ कन्सर्ट सुरू हुने उनको आर्टिस्ट म्यानेजर माईपे इमेन्ट्सले जनाएको छ।
आगामी १८ गते काठमाडौंको क्लब प्लाटिनममा साँझ ७ बजेदेखि कार्यक्रम सुरू हुनेछ। हाल साधारण टिकटको दर १००० र विशिष्ट टिकटको दर १५०० राखिएको छ। उनको सम्पूर्ण कार्यक्रमको टिकट अनलाइनबाटै माईपे डिजिटल वालेटबाट लिन सकिन्छ।
मेनुकाले नेपाल आइडल को पहिलो सिजनमा भाग लिएकी थिइन्। त्यसपछि उनले भारतीय गायन रियालिटी शो सारेगमप र इन्डियन आइडल मा भाग लिएकी थिइन्। इन्डियन आइडलमा राम्रो प्रस्तुति दिएर उनले निर्णायकसहित दर्शकको मन जित्न सफल भएकी थिइन्।
इडियन आइडलकै क्रममा उनले भारतीय चलचित्र ‘सलार’ मा गीत रेकर्ड गराएर बलिउड फिल्म इन्डष्ट्रीमा ‘डेब्यु’ समेत गरेकी छन् । उनका नयाँ गीतहरु रेकर्ड हुने क्रम जारी छ ।
उनी इन्डियन आइडलको टप १० सम्म पुगेर बाहिरिएकी हुन्।











नेपालीरैबार । २०८० फाल्गुन ९, बुधबार