दैलेखमा २४ हजार भन्दा बढी बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइदै

दैलेख । दैलेख जिल्लामा नौ महिनादेखि पाचँ वर्ष उमेर समूहका २४ हजार ५सय ८१ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । बाल मृत्यु दर घटाउने उद्देश्यले स्वास्थ्य सेवा कार्यालय दैलेखले दादुरा–रुवेला विरुद्धको खोप लगाउने भएको हो ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीले दादुरा–रुबेला खोप अभियानको तयारी तीव्र पारिएको बताए । उनका अनुसार दैलेखको नारायण नगरपालिकामा २ हजार १सय ७, दुल्लु नगरपालिकामा ३ हजार ७ सय ४४, चामुण्डा नगरपालिकामा २ हजार ८ सय २२,आठबिस नगरपालिकामा ३ हजार ३ सय ६९,ठाटिकाँध गाउँपालिकामा २ हजार ५१,भैरवी गाउँपालिकामा १ हजार ७ सय ३६, महाँबु गाउँपालिकामा १ हजार ७ सय ४३, नौमुले गाउँपालिकामा २ हजार १५, भगवतीमाई गाउँपालिकामा १ हजार ८सय ३५,डुङ्गेश्वर गाउँपालिकामा १ हजार २सय ४६,गुराँश गाउँपालिकामा १ हजार ९ सय १३ जना बालबालिकालाई दादुरा–रुबेला खोप दिने लक्ष्य छ ।

स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत रेग्मी अनुसार खोप अभियानमा दुई सय ५० खोप कर्मी, ९० जना स्वास्थ्य चौकी इन्चार्ज र पाँच सय स्वयंसेवक परिचालन गरिने छ ।यो अभियान यहीँ फागुन १३ गतेदेखि २३ गतेसम्म चल्ने छ । बालबालिकाका लागि दादुरा–रुवेला विरुद्धको खोप सुरक्षित रहेको बताउँदै सबैले लगाउन रेग्मीले आग्रह गरे।

तपाईको प्रतिक्रिया