गठबन्धनलाई हराउदै विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा -विश्वकर्मा निर्वाचित

दैलेख । गठबन्धनलाई हराउदै विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेकपा एमालेका शशिराम विश्वकर्मा निर्वाचित भएका छन्। जिल्लाको नौमूले गाउँपालिका–१ मा रहेको भैरव माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा नेपाली काँग्रेस, माओवादी र समाजवादी पार्टीको तीन दलीय वाम लोकतान्त्रिक गठबन्धनका उम्मेददारलाई पराजित गर्दै विश्वकर्मा अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित विश्वकर्माले तीन दलिए गठबन्धनमा उम्मेदवारलाई ८५ मतको अन्तरले पराजित गरेका मतदान अधिकृत जगत बहादुर सिंहले बताए । व्यवस्थापन समिति विश्वकर्मा सहित अन्य तीन जना सदस्य समेत उनको प्यानलबाट विजयी भएको उनले बताए ।

विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा ५ सय ७८ जना अभिभावकले मतदान गरेका थिए । विद्यालय ब्यवस्थापन समितिको सदस्यमा अर्जुन बहादुर चन्द, वर्षा थापा मगर र डिल कुमारी थापा मगर विजयी भएका छन् । अध्यक्षमा निर्वाचित विश्वकर्माले आफ्नो दोस्रो कार्यकालमा विद्यालयको भौतिक संरचनादेखि शैक्षिक अवस्थालाई अघि बढाउन पहल गर्ने बताए ।

तपाईको प्रतिक्रिया