काठमाडौं महानगरले माग्यो १ सय ४० सिटी भोलेन्टियर

काठमाडौं। काठमाडौं महानगरपालिकाले १ सय ४० जना स्वयंसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ । २४ साताका लागि मागिएको आवदेन अनुसार छनोट भएका स्वयंसेवकले सातामा २ दिन समय दिनुपर्छ ।

महानगरले स्वंयसेवक कार्यक्रम अन्तर्गत १ सय बालबालिका र वातावरण स्वयंसेवक र ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि स्वयमसेवक लिन लागिएको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले बताए ।

स्वयंसेवक कार्यक्रम अन्तर्गत सहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नुपर्ने झाले बताए । महानगरले स्वयंसेवकका लागि फारम भर्न नाम, थर, स्थायी, अस्थायी ठेगाना, रुचि भरेर बुझाउनुपर्ने हुन्छ ।

‘यसमा आफू कुन विधामा इच्छुक हो, वातावरण तथा बालबालिका र सम्पदामा युवा तथा बालबालिकामध्ये एउटालाई छान्नुपर्छ । त्यो क्षेत्रमा किन स्वयंसेवक बन्न खोजेको हो, त्यसबारे २ सय शब्दसम्ममा धारणा लेखेर पठाउनुपर्ने महानगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया