कर्णाली एक्सपोमा भोली अन्जु पन्त लगाएतका कलाकारको प्रस्तुति रहने

सुर्खेत । मंगलबार उद्घाटन गरिएको कर्णाली एक्सपोको दोस्रो दिन बुधबार कलाकार अन्जु पन्त लगाएतका कलाकारहरुको प्रस्तुुति रहने आयोजकले जनाएको छ ।

पन्तसगैँ कलाकारहरु आनन्द कार्की, मन्जु पौडेल,कृष्ण रेउले,शान्ता रानी परियार र अस्मिता पुरी (मोडेल) को प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कर्णाली एक्सपो वीरेन्द्रनगर नगरपालिकाको दक्षिणतर्फ रहेको खुल्ला मञ्चमा सञ्चालन भईरहेको छ ।

तपाईको प्रतिक्रिया