सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३, को उत्तरगंगा जलेश्वर धाम मन्दीरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव हुने भएको छ । महोत्सव बिहीबारदेखि फागुन २५ गतेसम्म हुने लागेको हो ।
उक्त धार्मिक महोत्सवमा नेपालका प्रखर युवा वाचक पण्डित श्री रामचन्द्र तिमल्सिना र १०८ भागवतका अभियानकर्ता, पण्डित हरिचन्द्र तिमल्सिनाको सहभागीता रहने छ ।
जलेश्वर धाम मन्दीर व्यवस्थापन समितिका अनुसार उक्त महायज्ञ जलेश्वर धामको परिसरमा रहेको निर्माणाधीन भवनको भौतिक संरचना तथा जलेश्वर धाम अगाडि रहेको जलाशय मर्मत संहार गर्ने उद्देश्यसहित गर्न लागिएको हो ।
नेपालीरैबार । २०८० फाल्गुन १७, बिहीबार