के तपाइलाई थाहा छ, खरायोले आफ्नै दिसा किन खान्छ?

काठमाण्डौँ । के तपाइलाई थाहा छ खरायो यस्तो जनावर हो जसले आफ्नै दिसा खान्छ । आफ्नै मल खाएर खरायोले त्यसलाई ताजा खानासरह नै पचाउँछ । खरायोको दिसा दुई खालको हुन्छ ।

एउटा साना कालो गोलाकार र अर्को नरम कालो, जसलाई सेकोट्रोप्स भनिन्छ । यही सेकोट्रोप्सलाई खरायोले खाने गर्दछ । नपचेका पोषक तत्व पुनः पचाउनका लागी खरायोले यसो गर्दछ ।

खरायोले सामान्यतया दिनमा एक पटक यसरी आफ्नै दिसा खाने गर्छ ।

तपाईको प्रतिक्रिया