जंगलमा एक बृद्ध मृत फेला

काठमाण्डौँ। मंगलसेनमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मंगलसेन नगरपालिका –३ खारखोला जंगलमा मृत अवस्थामा भेटिएका हुन् ।

मृतकसँग फेला परेको सामाजिक सुरक्षा भत्ता परिचपत्रअनुसार कैलालीको लम्की चुहा नगरपालिका –५ का जहरे सुनार रहेको बताइएको छ । परिचयपत्रमा २००० साल चैत ३० गते जन्ममिति लेखिएको भेटिएको पूर्व वडाअध्यक्ष पदमसिंह भाटले जानकारी दिए ।

प्रहरीले घटनास्थलको मुचुल्का तयारगरी शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल अछाममा लगिएको बताइएको छ । पूर्व वडाअध्यक्ष भाटका अनुसार महिला घाँस काट् खारखोला जंगल गएको बेलामा शव देखेपछि स्थानीय गएर हेरेपछि प्रहरीलाई जानकारी दिएका थिए ।

अछामबाट बसाइसराई गरी तराई गएको हुनसक्ने अनुमान गरिएको भए पनि आफन्तका बारेमा पत्ता नलागेको बताइएको छ । मृतकका आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया