सृष्टि र नाजिरको मुख्य भुमिका रहेको फिल्म ‘केटी हराएको सूचना’ छायाङ्कनका लागि जनकपुर

काठमाडौँ। अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहने फिल्म हो, ‘केटी हराएको सूचना मिसिङ’ । दीपेन्द्र गौचन निर्देशक रहेको फिल्म छायाङ्कनका लागि जनकपुर पुगेको छ ।

केही दिन अगाडि काठमाडौँबाट छायाङ्कन सुरु भएको फिल्म बाँकी छायाङ्कन सकाउन जनकपुर पुगेको हो । फिल्मको बाँकी छायाङ्कन जनकपुरमै हुने निर्माता नकिम उद्दिनले बताए ।

ट्राइ–सिटी पिक्चसको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा नकिम उद्दिनले निर्माण गर्न लागेका हुन् । उनले यस अगाडि ‘म्यान फ्रम काठमाण्डू’ निर्माण गरेका थिए ।

फिल्ममा सृष्टि र नाजिरको अलावा स्थानीय कलाकारको समेत अभिनय रहनेछ । ३० दिनको सेडुलसहित छायाङ्कनमा निस्किएको फिल्मको रिलिज सन् २०२४ बताइएको छ । फिल्ममा निर्माण नियन्त्रक अरुण रेग्मी हुन् ।

अमर महर्जनको छायाङ्कन रहने यस फिल्म मार्फत नाजिर र सृष्टिले पहिलो पटक जोडीको रूपमा सहकार्य गर्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया