काठमाडौं। गुगल लेन्स अपरिचित वस्तु पहिचान गर्ने, कुनै शब्द अनुवाद गर्ने, पुस्तक, पीडीएफ, प्रिन्ट डकुमेन्टबाट अक्षरहरू कपी गर्ने जस्ता विभिन्न समस्याको एउटै समाधानको रूपमा रहेको छ । निःशुल्क प्रयोग गर्न सकिने यो टुल निकै उपयोगी र सहयोगी छ । यसै टुलमा गुगलले भिजुअल सर्च हिस्ट्री सेभ गर्न मिल्ने फिचर थपेको छ ।
अब गुगल लेन्सबाट कुनै पनि कुरा सर्च गर्दा स्वतस् सेभ हुने र त्यसलाई पछि हेर्न सकिने भएको हो । यसअघि गुगल लेन्सबाट सर्च गर्दा खिचिएका तस्विर सेभ हुँदैन थे । ती फोटोबारे जानकारी आएपछि तस्विर स्वतस् डिलिट हुने गर्थ्यो । अब भने गुगल लेन्सबाट सर्च गरिएका फोटोहरू पनि स्वतस् सेभ हुने भएका हुन् ।
धेरै प्रयोगकर्ताले प्रतिक्षा गरेको यो फिचर सुरुमा डिसेबल गरिएको अवस्थामा आउने छ । तपाईंले गुगलको ‘माई अकाउन्टरश्रडेटा प्राइभेसीश्रवेब एन्ड एप एक्टिभिटी’मा गएर यसलाई अन गर्नुपर्ने हुन्छ ।
हालै मात्र यो फिचर सार्वजनिक गरिएकाले तपाईंको सेटिङमा आइसकेको छैन भने केही हप्ता पर्खिनु पर्ने हुन सक्छ । अथवा यो फिचरको बारेमा तपाईंले नोटिफिकेसन मार्फत जानकारी पाउन समेत सक्नुहुन्छ ।
नेपालीरैबार । २०८० फाल्गुन २९, मंगलवार