हेलिकोप्टरद्धारा हुम्लामा नुन ढुवानी

सुर्खेत। हुम्लामा हेलिकोप्टरद्धारा नुन ढुवानी गरिएको छ । दश दिनयता माउन्टेन एयरको हेलिकोप्टरले सो नुन ढुवानी सम्पन्न गरेको हो ।

कर्पोरेशनद्वारा यस वर्षको निर्धारित कोटाको आयोडिन युक्त नुन ढुवानीको जिम्मा पाएको माउन्टेन एयरका प्रतिनिधि रामचन्द्र भुसालले ढुवानी कार्य सम्पन्न भएको बताए । सुर्खेतबाट पैदल मार्गमा ट्रकमा ढुवानी भएर आएको नुन सर्केगार्ड गाउँपालिका–६ को खडिखेतमा ढुवानी भएर आएको नुन सो स्थानबाट भने हेलिकोप्टरले ढुवानी गरेको हो । उनले ढुवानी सुरु गरेको दस दिनमा दैनिक तीस उडान भरेर नुन ढुवानी गर्ने कार्य भएको बताउए।

कर्पोरेसनका हुम्ला प्रमुख राजबहादुर लामाले यस वर्षको एक हजार ६८४ क्विन्टल नुन ढुवानी भएको बताए । विगतमा नुन ढुवानी कार्य ढिलो हुने गरेको थियो । यस वर्ष हेलिकोप्टरले जिम्मा लिएको कारण छोटो समयमा ढुवानी कार्य भएको हो । हेलिकोप्टरले एक उडानमा सात क्विन्टल नुन ढुवानी गर्ने गरेको छ । खडिखेतदेखि सिमकोट विमानस्थलसम्म एक सटलमा चौध मिनेट समय लाग्ने गरेको छ । यसअघि कर्पोरेनको पैदल मार्गको कोटाको नुन एक हजार सात ७७० क्विन्टल ढुवानी भएर आइसकेको छ ।

नुन ताँजाकोट, अदानचुली, सर्केगार्ड र चङ्खेली गाउँपालिकालाई बिक्री गरिएको छ । हुम्ला जिल्लामा ढुवानी अनुदानको नुन भएको कारण प्रतिकेजी नौ रुपियाँमा बिक्री हुने गरेको छ ।

तपाईको प्रतिक्रिया