जन्मदिनको अवसरमा वृक्षारोपण

सुर्खेत। मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव प्रकाश शाहीले आफ्नो जन्मदिन वृक्षारोपण गरेर मनाएका छन् । बिभिन्न संघ संस्था मा आवद्ध प्रकाश शाही पछिल्लो समय समाज सेवामा सक्रिय रहेका छन्।


हरेक बर्ष उनले आफ्नो जन्मदिनका अवसरमा सामाजिक कार्य गर्ने गरेका थिए । यसपटक पनि प्रकृति संरक्षणका लागी वृक्षारोपण कार्य महत्वपुर्ण रहेको भन्दै उनले सो अभियानका रुपमा अगाडी बढाउनु पर्ने हुनाले वृक्षारोपण गरिएको बताए ।

बिरुवा गोडमेल र खडेरी मौसम कारण बिरुवा सुक्दै गएका बिरुवामा पानि सिचाईँ गरेरे मनाएका हुन्। त्रिपुरेश्वर मा. बि. मा अध्ययनरत बिद्यार्थी र शिक्षकहरुको सहभागितामा रेडियो नेपाल क्षेत्र जुम्ला रोडको बिच लाईनमा बृक्षारोपण गरिएको थियो ।

सहभागी सबैले १र१ बिरुवा रोप्नुका साथै यसको संरक्षणको जिम्मा लिने प्रतिबद्धता समेत गरिएको शाहीले बताए । वन जंगल विनास हुंदैजाँदा जलवायु परिवर्तनले पर्यावरणमा गहिरो असर गरेको पानीका मुहान सुक्दै गएको र हिमाल नांगिदा नदिनालामा समेत पानीको बहाव कमहुदै जानु चिन्ता जनक बिषय रहेको र सरोकारवाला सवैको सकृयता बाट पर्यावरण जोगाउन सकिने उनको भनाई थियो ।

वृक्षारोपण गरेर जगत जोगाउने अभियानमा लाग्न शाहीले सबैलाई अनुरोध समेत गरेका छन्।

तपाईको प्रतिक्रिया