कालिकोटमा एमाले अधिवेशन चैत २१ गतेबाट सुरु

सुर्खेत। नेकपा (एमाले) कालीकोटको जिल्ला अधिवेशन चैत २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ। पार्टीको ११ औं जिल्ला अधिवेशन सदरमुकाम मान्ममा गर्ने र चैत १० गते स्थानीय कमिटीमा एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय भएको एमाले कालीकोटले जनाएको छ।

विहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपा (एमाले) कालीकोटले भातृ संगठनलाई अधिवेशनमा भाग लिन पाउने निर्णय गरेको छ।

जिल्लाका क्रियाशील भातृ संगठनबाट तीन जनाका दरले ६५ जना प्रतिनिधि आउन पाउने निर्णय गरेको हो। आयोजक कमिटीका १०९ जना स्थानीय तहबाट आउने १८५ जना र प्रतिनिधि संख्याको पाँच प्रतिशतका दरले मनोनित गरेर ३८० जना प्रतिनिधि छनोट हुने भएका छन्।

जिल्ला अध्यक्ष जसिप्रसाद पाण्डेका अनुसार आर्थिक लगायतका सबै हिसाबले खुला प्रतिनिधिका लागि ३५ जना बराबर १ जना र दलित महिलाको हकमा २५ जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ । अधिवेशनका लागि सात वटा उपसमिति समेत गठन गरिएको छ।

तपाईको प्रतिक्रिया