हुम्लाको सिमकोटमा टेलिमेडिसिन सेवा सुचारु

सुर्खेत। हुम्लाको सिमकोट गाउँपालिका– ७ को स्याँडा स्वास्थ्य चौकीमा टेलिमेडिसिन सेवा सुरु भएको छ । विशेषज्ञ चिकित्सकबाट उपचार सेवा प्रदान गर्नका लागि स्वास्थ्य चौकीले बिहीबारबाट यो सेवा सुचारु गरेको हो ।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बिरामीलाई काठमाडौंमा रहँदै आउनु भएका विशेषज्ञ चिकित्सकबाट परामर्स लिएर टेलिमेडिसिन सेवा सुरु गरिएको बताउए । टेलिमेडिसिन सेवा दिनका लागी आधार विकास नेपालले आर्थिक सहयोग गरेको छ ।

सेवा सुरु भएको दिन काठमाडौंबाट डा। घनश्याम शाहले सेवा दिएका थिए । सेवा सुरु भएपछि विभिन्न रोगका ११ जना बिरामीले उपचार पाएका छन् । स्वास्थ्य चौकीमा आएका बिरामीहरुलाई सिधै चिकित्ससँग सम्पर्क गर्ने र बिरामीले आफूलाई के भएको हो त्यसबारे जानकारी दिने काठामाडौंबाट चिकित्सकले रोग, उपचार विधि र औषधी बारेमा बताउँदै आएका थिए ।

डा। शाहका अनुसार यो सेवा स्वास्थ्य चौकीमा महिनाको दुई पटक प्रदान गरिनेछ । स्वास्थ्य चौकीमा आउने बिरामीको रोगको अवस्था हेरि अन्य विशेषज्ञ चिकित्सकको व्यवस्था आधार विकासले गर्नेछ । आधार विकास नेपालका शिक्षा अधिकृत कन्जोक लामाले बिरामीको रोग बारे जानकारी र समाधानको उपाय मात्र नभएर बिरामीलाई औषधीको व्यवस्था समेत गरिने बतमाएका छन्।

बिरामीको आर्थिक अवस्था, रोगको प्रकृति, जटिल खाले रोगका बिरामीहरुलाई उपचारका साथै औषधीमा समेत सहयोग गरिने उनले बताए। आधार विकास नेपालले बिशेष गरि महिला तथा बालबालिकाहरुलाई सहयोग गर्दै आएको छ । यसैगरी स्वास्थ्य चौकीमा उपचार हुन नसक्ने बिरामीहरुका लागि आकस्मिक कोषबाट नगद सहयोग गरेर जिल्ला अस्पताल वा जिल्ला बाहिर उपचार गर्नका लागि पनि सहयोग गरिनेछ ।

यसरी टेलिमेडिसिनबाट उपचार गर्ने बिरामीलाई औषधीको व्यवस्था समेत आधारले गर्ने भए पनि बिरामीलाई निक्कै सहज भएको छ । यसअघि सिमकोट गाउँपालिका– ७ का धारापोरी आधारभूत स्वास्थ्य चौकीमा पनि यो सेवा सुरु गरिएको थियो । उक्त स्वास्थ्य चौकीमा ल्याबसहित स्वास्थ्यकर्मीको समेत व्यवस्था आधारले गरेको छ ।

तपाईको प्रतिक्रिया