कति घट्यो पेट्रोल र डिजेलको भाउ ?

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो।

निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेल दुई रूपैयाँ घटाएको जानकारी दिएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ २२ पैसा र डिजेलमा २ रूपैयाँ ०६ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। खाना पकाउने ग्यासको भाउ भने यथावत छ।

तपाईको प्रतिक्रिया