कालिकोटमा आगोमा जलेर घाइते हेमन्ती चौलागाईंको मृत्यु

सुर्खेत। कालिकोटमा आगोमा जलेर घाइते भएकी एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।

खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते १२ वर्षीया हेमन्ती चौलागाईंको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

शुक्रबार दिउँसो ३ बजे नजिकैको सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा खाँडाचक्रका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी छोरी हेमन्ती आगोले जलेर घाइते भएकी थिइन् ।

घाइते हेमन्तीको आइतबार दिउँसो १:४० बजे उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका डा। केएन पौडेलले जानकारी दिए । उनका बुवा नन्दरामको पनि अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको डाक्टर पौडेलले जानकारी दिए ।

सामुदायिक वनमा बाख्रा चराउन गएका उनीहरु वनमा एक्कासी आगो लागेपछि निभाउन खोज्दा जलेर घाइते भएका थिए ।

घाइते बाबुछोरीलाई उपचारका लागि जिल्ला अस्पताल मान्म हुँदै शुक्रबार बेलुकी जुम्ला लगेर शनिबार बेलुकी हेलिकोप्टरमा सुर्खेत पुर्‍याइएको थियो ।

तपाईको प्रतिक्रिया