वीरेन्द्रनगरमा मानव कंकाल फेला

सुर्खेत । वीरेन्द्रनगरको एक सामुदायिक जङ्गलमा मानव कंकाल फेला परेको छ । वीरेन्द्रनगर–१४ को सृजनशील सामुदायिक जङ्गलमा आइतबार मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका स्थानीयहरूले मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै प्रहरीको टोली उक्त स्थानमा पुगेको थियो ।

मानव कंकाल हेर्दा करिब ५ महिना पुरानो रहेको प्रहरीको अनुमान छ । उक्त मानव कंकाल कसको हो भन्ने पहिचान नखेलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी एवं प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । उनकाअनुसार घटनास्थलबाट मुचुल्का गरी कंकाललाई प्रदेश अस्पताल सुर्खेतमा पठाएको छ ।

तपाईको प्रतिक्रिया