त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको आज एक वर्ष पूरा

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको एक वर्ष पूरा भएको छ। गत वर्ष आजकै दिन त्रिविका आंशिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन भएको थियो।

देशभरका ६२ वटा आङ्गिक क्याम्पसहरूमध्ये २०७९ चैत ५ गते ४४ आङ्गिक क्याम्पसहरूमा निर्वाचन भएको थियो। भने १३ वटा अवरोध सिर्जना भएको थियो। एक बर्सको अवसरमा स्ववियुहरूले क्याम्पसहरूले सहकार्य र सहयोग नगरेको आरोप लगाउँदै आएका छन्।

त्रिविमा २०१८र१९ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरु भएको हो । सुरुका वर्षमा प्रत्येक वर्ष हुने गरेकोमा २०३६ सालपछि प्रत्येक दुईरदुई वर्षको अन्तरालमा निर्वाचन हुँदै आएको थियो।

त्रिविले २०७३ सालदेखि मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेको थियो। जसअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन तथा उपसभापति, उपसचिव र ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुँदै आएका छन्।

तपाईको प्रतिक्रिया