सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक युवक पक्राउ

काठमाडौं। सर्वोच्च अदालत परिसरबाट हतियारसहित एकजना पक्राउ परेका छन् । सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया