९ अर्बको जस्तापाता निर्यात

काठमाडौँ। नेपालबाट ७ महिनाको अवधिमा ९ अर्बको जस्तापाता निर्यात भएको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा उत्पादित जस्तापात विदेशतर्फ निर्यात भएको हो ।

जस्तापातासहित नेपालबाट सिमेन्टरडण्डी लगायतका निर्माण सामग्रीसमेत निर्यात हुँदै आइरहेका छन् । चालु आर्थिक वर्ष २०८०(८१ को साउन–माघसम्मको अवधिमा नेपालबाट ९ अर्ब १८ करोड रुपैयाँको ‘रोल्ड आइरनरस्टील’ ९जस्तापाता० निर्यात भएको छ । यस अवधिमा साढे ६ करोड किलोग्राम जस्तापाता निर्यात भएको हो ।

विदेशतर्फ जस्तापाताको माग बढे पनि आन्तरिक बजारमा भने यसको माग घटेको उद्योगीहरु बताउँछन् । हुलास स्टिलका निर्देशक हिमान्सु गोल्छा कोभिड महामारी यता जस्तापाताको माग ४० प्रतिशतले घटेको बताउँछन् । अन्य निर्माण सामग्रीको माग घट्नासाथ यसको असर जस्तापातामा समेत पर्ने उनको भनाइ छ । माग घटे पनि नयाँ उद्योग स्थापनाको क्रम भने रोकिएको छैन । उद्योगीहरूका अनुसार पछिल्लो समय थप उद्योग स्थापना भइरहेका छन् ।

आन्तरिक बजारमा सङ्कुचन आए पनि भारततर्फको निर्यात भने आकाशिएको छ । भारतको उत्तरप्रदेश, विहार र पश्चिम बंगालमा नेपालका उद्योगहरूले विगत एक वर्षदेखि जस्तापाता निर्यात गरिरहेका छन् । यतिबेला देशमा ५ वटा जस्तापाता उद्योग छन् । यी उद्योगको वार्षिक उत्पादन क्षमता ५ लाख टन छ । जबकि, यो नेपालको आन्तरिक खपतको तुलनामा झण्डै ४ गुणाले बढी हो ।

यस्तै, डण्डी उद्योगी किरण साख नेपालबाट उल्लेख्यमात्रामा जस्तापाताको निर्यात भइरहेको बताउँछन् । नेपालबाट आरती स्ट्रिप र हुलास स्टिल मूख्य निर्यातकर्ता हुन् । यी उद्योगले विदेशबाटै कच्चा पदार्थ ल्याउँदै नेपालमा ‘भ्यालू एड’ गरी भारततर्फ नै निर्यात गरिरहेका हुन् ।

तथ्याङ्कअनुसार नेपालबाट अधिकांश जस्तापाता भारतमा जान्छ । यसबाहेक, यस अवधिमा ३७ लाख ६५ हजार रुपैयाँ बराबरको जस्तापाता चेक रिपब्लिकमा समेत निर्यात भएको छ ।

तपाईको प्रतिक्रिया