सुर्खेतमा किशोरको सुसाइड नोट-‘रवि दाइ मेरो भाइको इच्छा पूरा गर्दिनुहोला’

सुर्खेत। सुर्खेतमा सम्पर्कविहीन भएका अछामका एक किशोरको शव वीरेन्द्रनगरमा फेला परेको परेको छ । अछामको रामारोशन गाउँपालिका-४ बाटुलासेनका १८ वर्षीय मनोज खनालको शव सम्पर्कविहीन भएको ४ दिनपछि वीरेन्द्रनगर नगरपालिका-४ मा रहेको सहिद पार्कको गेट नजिक भेटिएको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार उनी झुन्डिएको अवस्थामा मृत फेला परेका जनाइएको छ । उनी सुर्खेतको वीरेन्द्रनगरमा अध्ययनरत थिए । खनाल गत बुधबार दिउँसो ३ बजेतिर बजार जान्छु भनी रुमबाट निस्किएका थिए । त्यसपछि परिवारको सम्पर्कविहीन रहेका उनी मृत भेटिएका हुन् ।

उनले आत्महत्या गरेको अनुमान गरेको प्रहरीले ‘सुसाइड नोट’ समेत फेला पारेको छ । प्रहरीका अनुसार मनोजले लेखेको सुसाइड नोट फेला परेको र त्यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक कूष्ण बहादुर खड्काले नेपाली रैबारलाई जानकारी दिए । उनका अनुसार सुसाइड नोट खनालकै भएको जनाइएको छ । । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

भेटिएको सुसाइड नोटमा सबैसँग माफी मागिएको छ । परिवारको अवस्था अत्यन्तै नाजुक रहेको र त्यसैमाथि आफू मानसिक रोगको सिकार भएको उक्त नोटमा उल्लेख गरिएको देखिन्छ । उनले बाबाआमा भारतमा भएको बताएका छन् । साथै नोटमा भनेका छन् भाडा माझने काम भएपनी लगाईदिनुहोला रवि दाई भनेर उल्लेख गरेको देखिन्छ ।

विशेषतः उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गरिएको उक्त नोटमा आफ्नो परिवारलाई सान्त्वना दिन आग्रह गरिएको छ । साथै भाइको इच्छा पूरा गरिदिन पनि उक्त नोटमा भनिएको छ ।

यस्तो छ नोट – 

तपाईको प्रतिक्रिया