मंगलबार सात सयले बढ्यो सुनको मुल्य

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मुल्य तोलामा सात सय रुपैयाँले बढेको छ । सोमबारको तुलनामा आज एकै दिन सुनको मूल्य सात सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ रहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय २५ रुपैयाँ कारोबार भएको महासङ्घ जनाएको छ ।

तपाईको प्रतिक्रिया