चलचित्र ‘रङ्गेली’ हिन्दी भाषामा पनि

काठमाडौँ। चलचित्र ‘रङ्गेली’ भारतमा हिन्दी भाषामा पनि प्रदर्शन हुने भएको छ । युसुफ सेखको नेतृत्वमा रहेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले भारत वितरणका लागि अधिकार लिएको निर्देशक अर्जुन सुवेदीले बताए  ।

चलचित्र भारतका करिब एक सय स्क्रिनमा प्रदर्शन हुने कार्यकारी निर्माता जितेन्द्र खतिवडाले जानकारी दिएका छन् । उनले हाल यसको हिन्दी अनुवादको काम भइरहेको र छिट्टै भारतमा प्रदर्शन हुने मिति सार्वजनिक गरिने पनि जानकारी दिएका छन् । यसको हिन्दी डबिङको सबै काम मुम्बईमा हुने छ ।

यो चलचित्र अमेरिकामा हाउस फुल दर्शकबाट प्रदर्शनको सुरुवात भएको निर्देशक सुवेदीले बताए । त्यस्तै क्यानडा, जापान, कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा पनि चलचित्र प्रदर्शन गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया