पहिलो कप्तान नेरी थापामगरले लिइन् क्रिकेटबाट सन्न्यास

काठमाडौं। नेपाली राष्ट्रिय महिला टिमकी पूर्वकप्तान नेरी थापामगरले सबैखाले क्रिकेटबाट सन्न्यासको घोषणा गरेकी छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवैखाले प्रतियोगिताबाट सन्न्यासको घोषणा गरेकी हुन् ।

“आज म राष्ट्रिय–अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दै छु । यो १७ वर्ष लामो उत्कृष्ट क्रिकेट यात्रा थियो । जहाँ उतारचढाव दुवै भए,” उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “खेलबाट सन्न्यास लिएको हुँ, तर यसले दिएको यादहरूबाट हैन । मेरो यात्राका दौरान मलाई सहयोग र उत्प्रेरित गर्नुहुने सम्पूर्णमा धन्यवाद । मेरो यात्रामा सधैँ साथ दिने मेरो परिवारलाई विशेष धन्यवाद । सम्पूर्णमा धन्यवाद ।”

नेरी थापा नेपाली महिला घरेलु क्रिकेट इतिहासकै पहिलो शतक बनाउने पहिलो खेलाडी हुन्।
नेरी नेपाली राष्ट्रिय महिला टिमबाट अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानी सम्हाल्ने पहिलो कप्तान समेत हुन् । उनको नेतृत्वमा नेपालले पहिलोपटक सन् २००७ मा एसीसी वुमन्स टी–२० क्रिकेट प्रतियोगिता खेलेको थियो ।

तपाईको प्रतिक्रिया