संसदीय छानबिन समिति गठन हुन आवश्यक छैन: ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन हुन आवश्यक नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नु पर्ने माग राखेको थियो । तर मंगलबार नै संसद बैठक सकिएपछि संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसले प्रतिशोधपूर्ण अभिव्यक्ति मात्र दिएको आरोप लगाए ।

‘संसद भवनबाट बाहिर निस्कने क्रममा कांग्रेसले माग गरेको रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन के हुन्छ भनेर प्रत्रकारहरुले सोधेको प्रश्नमा उनले भने सरकार भन्दा बाहिर हुनेबित्तिकै नेपाली कांग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन’, ‘हामी नेपाली कांग्रेसबाट एउटा परिपक्व प्रतिपक्षको भूमिका माग्दछौं । संसदीय छानबिन समिति कसरी र केका लागि बन्ने ? सम्भव नै छैन ।’

तपाईको प्रतिक्रिया