एमाले सुर्खेतको नवौँ अधिवेशन आज सुरू हुँदै

सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको नवौँ जिल्ला अधिवेशन आजबाट सुरु हुँदै छ। अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलबाट हुने एमाले सुर्खेतले जनाएको छ।

अधिवेशनका लागि ‘दक्षिणपन्थी अवसरवा र संगठनात्मक अराजकतालाई पराजित गरौं, पार्टी शुद्धिकरण र सुदृढीकरणको पक्षमा नवौं जिल्ला अधिवेशन सफल पारौं’ भन्ने मुल नारा तय पारिएको छ।

अधिवेशनको उद्घाटन वीरेन्द्रनगरको सिटी हलमा आज बिहान ११ बजेदेखि सुरू हुने एमाले स्थायी कमिटी सदस्य तथा सुर्खेत इन्चार्ज गोरखबहादुर बोगटीले जानकारी दिए।

तपाईको प्रतिक्रिया