आज सुनको मूल्य हाल सम्मकै उच्च विन्दुमा

काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले हाल सम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार १ लाख २५ हजार २ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज २६ सय रूपैयाँले बढेर १ लाख २७ हजार ८ सय मूल्यमा कारोवार भइरहेको छ।

आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २७ हजार २ सय रूपैयाँ तोकिएको छ।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १ हजार ५ सय २० रूपैयाँमा कारोवार भएको चाँदी आज ३५ रूपैयाँले बढेर १ हजार ५ सय ५५ रूपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया