कालीकोट आगलागीमा परी घाइते भएका नन्दरामको उपचारको क्रममा मृत्यु

सुर्खेत। कालीकोट आगलागीमा परी घाइते भएका नन्दरामको उपचारको क्रममा मृत्यु भएको छ । चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा घाइते भएका चौलागाईँको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कालीकोटको खाडाँचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईँको बुधबार दिउँसो मृत्यु भएको छ ।

शुक्रबार घरनजिकको वनमा गोठालो गएका बुवालाई दिउँसोको खाजा रोटी पु¥याउन गएकी १२ वर्षीया छोरी हेमन्ती पनि आगोमा जलेर घाइते भएकी थिइन् । घाइते बाबुछोरीलाई शनिबार बेलुकी हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत लगिएको थियो ।

छोरी हेमन्तीको सोमबार उपचारका क्रममा मृत्यु भएको थियो । नन्दरामलाई चार दिनदेखि सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिरहेकामा बुधबार दिउँसो मृत्यु भएको सुर्खेत प्रदेश अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया