सहकारी पीडित र सरकारबीच ८ बुँदे सहमति

काठमाडौँ । सहकारी पीडित सरकारबिच सहमति भएको छ । आज भूमि व्यवस्था, सहकारी गरिबिी निबारण मन्त्रालयमा आज ८ बुँदे सहमति जुटेको हो । सहकारी पीडितहरु बिगत लामो समयदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका थिए । सहमतिसँगै उनीहरुले आन्दोलन स्थगित गरेका छन् ।

फाईल फोटो

सहमति पत्रमा सरकारका तर्फबाट वार्ताटोलीका संयोजक कृष्ण प्रसाद सापकोटा, सहसंयोजक पिताम्बर घिमिरे, सदस्यसचिव विष्णु पौडेल, सदस्य नारायणप्रसाद भट्टराई, सदस्य देवनारायण पौडेलले हस्ताक्षर गरेका छन् भने संघर्षरत पक्षबाट सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका प्रतिनिधिहरु कुशलभ केसी, पुरुषोत्तम कार्की, आनन्दवीर वज्राचार्य, सर्बेन्द्र खनाल, उज्जल सत्याल भिमकुमार श्रेष्ठ यादव गौतम ले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया