शुक्रबार सुनको मूल्य १३ सयले घट्यो

काठमाडौँ । आज (शुक्रबार) सुन मुल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मुल्य १ लाख २६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

आज तेजाबी सुनको मूल्य १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको पनि आज तोलामा ५५ रुपैयाँले घट्दै १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया