महाजात्राको राम्रो प्रशंसा

काठमाडौं। ‘महाजात्रा’ लाई विशेष सो मा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ । चलचित्रको विशेष सो हेर्न पुगेका कलाकारले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् ।

अभिनेता मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, ऋचा शर्मा, दीपाश्री निरौलालगायतका कलाकारले चलचित्र हेरेर प्रतिक्रिया दिएका छन् । अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र हेरिरहँदा समय बितेको पत्तै नपाएको बताए । उनले कुनै चलचित्र राम्रो हुन्छ, कुनै रमाइलो हुन्छ, यो दुवै विधामा अब्बल छ । यसले सन्देश दिन्छ तर जात्राकै शैलीमा ।

अभिनेतृ केकी अधिकारीले चलचित्र हेरिरहँदा ‘बलिदान’ को हरिवंश आचार्यको याद आएको प्रतिक्रिया दिइन् । ‘जात्राका पात्रहरूसँगै थपिएका पात्र पनि महìवपूर्ण छन् । यहाँ अनुहारका लागि मात्र अभिनय गराइएको छैन । अभिनेतृ तथा निर्देशक दीपाश्री निरौलाले निर्देशक भट्टराईबाट अपेक्षा गरिने मनोरञ्जनात्मक र सन्देशमूलक चलचित्र बनेको प्रतिक्रिया दिएकी छन् । चलचित्र हेरिरहँदा एउटा मात्र पक्षलाई तारिफ गर्न सकिँदैन । किनकि समग्रमा नै चलचित्र राम्रो बनेको छ ।

तपाईको प्रतिक्रिया