श्रीमति हराएको भन्दै खोजीदिन श्रीमानको आग्रह

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–२, का विर्ख शर्माले आफ्नो श्रीमति हराएको भन्दै खोजीदिन आग्रह गरेका छन् ।

उनकी श्रीमति ३५ बर्षीय विमला शर्मा फागुन १६ गतेदेखि सम्पर्कविहीन बनेकी छन् । घरमा एक छोरा र एक छोरी भएकी विमला कहाँ गईन भन्ने अहिलेसम्म परिवारका कसैले पनि सुईको पाएका छैनन ।

विर्खले खोजतलास गरि पाउँ भनेर जिल्ला प्रहरी कार्यालयमा समेत सहयोग मागेका थिए । जिल्ला प्रहरी कार्यालयले आवाश्यक सहयोग गरिदिन भन्दै विमलाको हुलियासहितको पत्र पनि सार्वजनिक गरेको छ ।

विर्खले कसैले देखेको भए ९८४८१२३४३० नम्बरमा सम्पर्क गरिदिन आग्रह गरे ।

तपाईको प्रतिक्रिया