गाजामा मृत्यु हुनेको सङ्ख्या बढेपछि ब्लिन्केनको इजरायल भ्रमण

काठमाडौं। गाजामा मृत्यु हुनेको सङ्ख्या ३२ हजार नाघेपछि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले आठौँ इजरायल भ्रमण गरेका छन् । यो भ्रमण गाजा पट्टीमा मृत्यु हुनेको सङ्ख्या ३२ हजार नाघेपछि भएको हो ।

ब्लिन्केनले कम्तीमा छ हप्ताको युद्ध विरामका लागि सम्झौतामा पुग्ने प्रयासहरूबारे छलफल गरे। जसले इजरायली बन्धकहरूको रिहाइलाई सुरक्षित गर्ने र मानवीय सहायतामा वृद्धि गर्न सक्षम हुनेछ बताइएको छ । नेतन्याहु र उनको युद्ध मन्त्रिपरिषद्सँगको भेटमा ब्लिन्केनले इजरायललाई हमासका लागि योजना नबनाए इजरायल वर्षौसम्म गाजामा फस्ने चेतावनी दिएका थिए।

गाजामा अक्टोबर ७ यता कम्तीमा ३२ हजार ७० प्यालेस्टाइनी मारिएका छन् । ७४ हजार २९८ घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया