पूजाको फिल्म ‘रावायण’ भदौमा प्रदर्शन हुने

काठमाडौं । अभिनेत्री पूजा शर्माको फिल्म ‘रावायण’ २०८१ भदौ २१ गते प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फागु पूर्णिमाको शुभकामना सहित फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बन्ने फिल्म सुदर्शन थापा र पूजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् ।

फिल्ममा पल शाह, पूजा शर्मा, प्रियङ्का कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकालको अभिनय रहनेछ ।

चैतका तेस्रो साताबाट छायांकनमा निस्कने फिल्ममा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायाङ्कन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको एक्सन रहनेछ ।

तपाईको प्रतिक्रिया