एमाले सुर्खेतको नयाँ नेतृत्वका लागि मतदान जारी

सुर्खेत । नेकपा एमाले सुर्खेतको नयाँ नेतृत्वका लागि मतदान जारी छ । वीरेन्द्नगरको सिटीहलमा आइतबार दिउँसो १२ बजेबाट मतदान सुरू भएको थियो । मतदान प्रक्रियामा अहिलेसम्म कुल ३ सय ५० मत खसेको निर्वाचन कमिटीले जनाएको छ । नवौँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका नेताहरूबीच सहमति जुट्न नसेकपछि निर्वाचन गरिएको छ।

अध्यक्षका लागि हालका जिल्ला कमिटी अध्यक्ष अमृतबहादुर बिसी र उपाध्यक्ष कुलमणी देवकोटका मैदानमा होम्मिएका छन्। बिसीलाई एमाले स्थायी कमिटी सदस्य तथा सुर्खेत इन्चार्ज गोरखबहादुर बोगटी र देवकोटा स्थायी कमिटी सदस्य यामलाल कँडेलले सघाएका छन्।

यस्तै, उपाध्यक्षमा देवकोटा  टिममा समाजवादी छोडेर आएका मोहन बडुवाल, सचिवमा डम्बर तिवारी उप–सचिव महिलाबाट सुशीला विश्वकर्मा चुनावी मैदानमा छन् ।

अध्यक्ष विसीकाे टिमबाट उपाध्यक्ष ताराकेशर गौतम, सचिवमा डण्डिप्रसाद शर्मा चुनावी मैदानमा छन् । उप–सचिवद्वयमा भने खुलातर्फ हरि अधिकारी र तृप्ती विश्वकर्मा चुनावी मैदानमा छन् ।

तपाईको प्रतिक्रिया