एमाले सुर्खेतमा कुलमणि देवकोटाकाे प्यानल विजयी

सुर्खेत । नेकपा एमाले सुर्खेतकाे अध्यक्षमा कुलमणि देवकाेटा निर्वाचित भएका छन् । आईतबार भएकाे निर्वाचनमा देवकाेटाले निवर्तमान अध्यक्ष अमृत विसीलाई हराएर विजयी भएका हुन् ।

देवकोटाले कुल ४९५ मतमध्य ३५१ मत पाएका छन् । यस्तै प्रतिद्वन्द्वी अमृत विसीले १३२ मत पाएका छन् । पदाधिकारीमा पनि देवकोटा कै प्यानलै विजयी भएकाे छ ।

समाजवादी पार्टीका पुर्व अध्यक्ष समेत रहेका माेहनसिङ बडुवाल उपाध्यक्ष भएर ३४६,पाए, सचिवमा डम्बर तिवारीले २९१, उप-सचिव खुलामा टिकाराम साेमैले ३२४ र महिलामा सुशील विश्वकर्माले ३३५ मत ल्याएर विजयी भएका हुन् ।
सदस्यहरूकाे मतगणना भने जारी रहेकाे छ ।

तपाईको प्रतिक्रिया