
काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ सय रूपैयाँले घटेर तोलाको १ लाख २६ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख २५ हजार ८ सय रूपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ५ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपालीरैबार । २०८० चैत्र १३, मंगलवार