नेपाल आयरल्यान्डविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्ध टी–२० सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन्। नेपाल आज दोस्रो खेल जित्दै सिरिज आफ्नो पक्षमा पार्ने दाउमा छ ।

यसअघि सोमबार भएको सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । यता भ्रमणकारी आयरल्यान्ड नेपाललाई रोक्दै सिरिजमा बराबरी गर्ने अभियानमा छ ।

तपाईको प्रतिक्रिया